सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गोंगबु हत्याकाण्डमा अर्को व्यक्तिको संलग्नता

राजधानीको गोंगबूमा हत्या गरीएका कृष्ण बोहराको हत्यामा उनकी अवैध कान्छी श्रीमती कल्पना मुडभरीबाहेक अन्य पुरुषको पनि हात हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

आफ्ना ब्यवसायिक साझेदार निरज थापालगायतसंग कृष्णले कल्पना आफ्नी कान्छी श्रीमती भएको र छिटै उनीसंगै बस्ने बताएका थिए । तर कल्पनाले कृष्णसंग पैसा धुत्न मात्रै मायाको नाटक गरेको र उनको अन्य धेरै पुरुषहरुसंग पनि सम्पर्क हुने गरेको प्रहरीको आशंका छ ।

साउन २५ गते कृष्णको शब भेटिएकै दिन साँझ कल्पना र उनकी छोरीलाई रातारात चितवन भगाउने एम्बुलेन्स चालक समेत अनुसन्धानको दायरामा तानिएका छन् । प्रहरी नियन्त्रणमा रहेका ती चालकले कल्पनासंग आफ्नो सम्पर्क रहेको स्वीकार गरेपनि हत्या वा शब ब्यवस्थापनमा संलग्नता भने अस्वीकार गरेका छन् ।

Gongabu kanda

मीनबहादुर मुडभरी, वास्तविक श्रीमान तर अहिले न डिभोर्स, न सहबास । मीनबहादुरले नैपालगञ्जमा बनाइदिएको घर अलपत्र छाडेर काठमाडौं हानिएकी कल्पना कसको सहारामा बस्दै थिइन् ? ४ वर्षदेखि काठमाडौंमा बस्दै आएकी कल्पनाको आफू र ३ छोराछोरी हुर्काउने धन्दा के ?

के कृष्णबहादुर मात्रै थिए त उनका स्पोन्सर । कृष्ण हत्याकाण्डले कल्पनाको चरीत्र मात्रै उदांगो पारेन, अरु धेरै पुरुषलाई गोंगबू हत्याकाण्डको अनुसन्धानको सुईले घोच्ने सम्भावना बढेको छ ।

रोल्पा स्थायी घर भएका कृष्ण बोहरा दाङमा मानसिक सन्तुलन गुमाएकी जेठी श्रीमती र भारतमा बालबच्चासहितकी माईली श्रीमतीलाई त्यत्तिकै छोडेर नयाँ स्वास्नीको खोजीमा कल्पनाको सम्पर्कमा पुगे । कल्पना पनि एउटाको कान्छी श्रीमती भएर अडिन नसकेपछि कृष्ण र अन्य परपुरुषको सम्पर्कमा आएको घटनाक्रमले छताछुल्ल भएको छ ।

प्रहरीसंगको बयानमा कल्पनाले हत्यामा आफ्नो एकल संलग्नता रहेको दाबी गरेपनि एउटी महिला एक्लैले त्यत्रो विभत्स हत्याकाण्ड र शब ब्यवस्थापन गरेको नत प्रहरीले पत्याएको छ, नत स्थानीयले नै । जति पैसा भएपनि नपुग्ने कल्पना र जति केटी भएपनि नपुग्ने कृष्णको स्वार्थ मिल्यो । र उनीहरु ४ वर्षदेखि अवैध सम्बन्धमा बसे ।

गार्मेण्टबाट ज्याकेट ल्याएर बेच्ने कृष्णले सानदार फ्ल्याट लिएर ऐयाशी जीवन बिताईरहेकी कल्पनाको आर्थिक आवश्यकता पूर्ति गर्दै गए । तर जब कृष्णले पैसा फिर्ता माग्न थाले उनीहरुबीच मनमुटाव बढ्यो । केटीको मामलामा अत्यन्त कमजोर कृष्णको कमजोरीको फाइदा उठाँउदै कल्पनाले पैसा फिर्ता माग्दा छोरीमाथि बलात्कारको आरोप लगाएर फसाइदिने धम्की दिइन् ।

एक दुई टेलिचलचित्र र युट्युबका नाममात्रका सर्ट मुभिमा अनुहार देखाएकै भरमा आफूलाई कलाकार हुँ भन्दै केटाहरुलाई पिछा लगाउदै हिड्ने कल्पनाका पछाडि अरु पनि थुप्रै पुरुषहरुको नाम जोडिएको आशंका बढ्दै गएको छ । चितवन भगाउने एम्बुलेन्स चालक मात्र हैन, हरेक रात कल्पनालाई कोठामा पुर्याइदिने केही ट्याक्सी चालकहरुमाथि समेत अनुसन्धानको सुई घुम्न सक्ने प्रहरी श्रोतको दाबी छ ।

कल्पनाले शुरुमा छोरीमाथि जाइलाग्न खोजेपछि हत्या गरेको बयान दिएपनि प्रहार गर्ने हयाम्बर, निद्राकौ ट्याबलेट, मासु काट्ने छुरी सुटकेश सहितका सामाग्रीको पूर्व तयारीले हत्या योजनाबद्ध नै थियो भन्ने निष्कर्षमा प्रहरी पुग्न सफल भयो । तर १० कक्षामा पढ्दै गरेकी १५ वर्षिया छोरीकै मात्र आडमा कल्पनाले हत्याकाण्ड मच्चाएको र लाश टुक्राटुक्रा पारेको उनको बयानमा पनि सत्यता देखेको छैन प्रहरीले ।

श्रीमानसंग छुटेर बस्ने, छोरीको विवाह र छोराको ब्रतबन्धमा उनीहरुका बाबुले खर्च गर्न खोज्दा आफैं गर्छु भन्ने तर कृष्ण्बहादुर र घरबेटीसहित मानिसहरुसंग रकम लिएर भब्य पार्टी गर्ने कल्पनाले आफ्नो रुप र यौवनको नसामा धेरैलाई फनफनी घुमाएको तथ्य क्रमशः उदांगो बन्दै गएको छ । उनीसंग गाँसिएर कोको कृष्णको हत्याका मतियार बने, त्यसका लागि भने प्रहरीको सम्पूर्ण अनुसन्धानसम्म कुर्नैपर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS