युवतीको बिषयमा छुरी हानि हत्या गर्ने शेर्पा पक्राउ
काठमाडौंको टोखा नगरपालिका–९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आङदोर्जे शेर्पालाई पक्राउ गरेको छ । शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो ।
झगडाका क्रममा काठमाडौं–१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए । उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि भागेका शेर्पालाई भने माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार युवतीको विषयलाई लिएर युवाहरुबिच झगडा भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्