पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना मुक्त भएका छन् । यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या १०७ जना पुगेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्