सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजधानि उपत्यकामा एकसाता निषेधाज्ञा लम्बियो

उपत्यकामा निषेधाज्ञा थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराति सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नु पर्ने देखिएकोले सोही अनुसार एक सातासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दाहालसहित भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

Ringroad

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्