सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बागलुङमा बाढीको वितण्डा, ८ जनाको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्छ । रेग्मीले भनेका छन्–‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ ।’

अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढी वस्तीमा पसेको थियो । सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको छ । बाढीले विद्यालय, जलविद्युत आयोजना, झोलुङ्गे पुलहरुमा पनि क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्