सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ललितपुरमा आमाछोराबिच प्रेम, छोराद्वारा हत्या

कोरोनाले दैनिक जिवन अस्तव्यस्त बनिरहेका बेला नेपाली समाजभित्र यौन विचलनका कारण सामाजिक अपराधका घटना दिनानुदिन बढ्दै गइरहेका छन् । सुर्खेतको आमाछोरा काण्ड सेलाउन नपाउँदै काठमाण्डौ उपत्यकामै त्यस्तै प्रकृतिको तर त्यो भन्दा अँझ खतरानाक घटना सार्वजनिक भएको छ । नाताले आमाछोरा पर्ने तर लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबिचको सम्बन्ध अन्ततः हत्यामा गएर टुंगिएको छ ।

करिब तिन दिन अघि ललितपुर प्रहरी परिसरमा गिता केसीको परिवारले उनी हराएको भन्दै निवेदन दिए । एकातिर कोरोनाले निषेधाज्ञा चलिरहेको अर्कोतिर ३९ बर्षिय गिता केसी हराएको भन्दै निवदेन आएपछी ललितपुर प्रहरी परिसर अनुसन्धान तथा खोजिकार्यमा लाग्यो ।

हराएको भनिएको तिन दिनपछी प्रहरीले गिता केसीलाई पेला त पार्यो तर उनको मृत शरिर । घरबाट श्रीमानसंग आफुले काम गर्दै गरेको अस्पतालमा जानुपर्ने भयो भनि निस्किएकी उनी शुक्रबार राती लेलेको जंगलमा मृत भेटिईन ।

मृतक गिता केसीको खोजि कार्यका लागी प्रहरीले विजय र प्रिन्स नामका दुई ओटा कुकुर समेत परिचालन गरेको थियो । तिनै दुई कुकुरले नै मृतक गिता केसीले प्रयोग गर्ने गरेको ह्यान्ड ब्याग फेला पारेका थिए । जुन ब्यागमा गिताले काम गर्दै आएको अल्का अस्पतालको परिचय पत्र लगायतका कागज थिए । सोही आधारमा प्रहरीले मृतक गिताको पहिचान गरेको थियो ।

अनुसन्धानको पाटो केलाउँदै जाँदा प्रहरीले गिता केसीको हत्या भएको अड्कल काट्यो र अनुसन्धानको सुई उनकै भतिज पर्ने निर्मल केसीतर्फ सोझियो । भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको खुल्न आएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

केसीको शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा हत्या गरेको अवस्थामा मुल सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो ।

हत्या आरोपी केसीविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ ।

शव फेला परेलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिएका छन् ।

मृतक गिताका श्रीमान घरमा नभएको बेला निर्मल गिताको घरमा जाने आउने समेत गर्ने गरेको खुल्न आएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । ति अधिकृतका अनुसार मृतक गिता केसी र पक्राउ परेका निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ ।

मृतक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । मृतक केसी अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् । निर्मलले नै मृतक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिन मृतक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् । निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ । अनुसन्धानमा खटिएका प्रहरी भन्छन्–‘त्यहिँ उनीहरुबीच झगडा हुन्छ । सामान्य झगडाले हत्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झगडाको कारण आर्थिक लेनदेन हुनसक्ने आशंका गरिएको छ ।

घाँटी थिचेर गीताको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसीको शरीरमा त्यस्तो ठुलो चोटपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्याको कारण भन्न सकिने एसएसपी राईले बताएका छन् ।

मृतक केसीको श्रीमानले रक्सी खाएर सधैं गीतासँग झगडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे । श्रीमानबाट अपहेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्–‘राख्न दिएको पैसा मागेपछि हत्या गरेको हुनसक्छ । आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको हत्या भएको हो । आरोपीले समेत घटना स्वीकारेका छन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्