सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मिटर आफै रिड गरी बिल तिर्न कुलमानको अपिल

मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा ग¥यो । एकै चोटी सयौं कर्मचारीको सरुवा भएपछि दैनिक मिटर रिडिङको काम प्रभावित भएको छ ।

यो समस्या समाधानका लागि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले जनतासँग सहयोग मागेका छन । उनले यदि मिटर रिडर नआए आफै मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन आग्रह गरेका छन् ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सरुवा भएकाहरुको रमाना लिने र सम्वन्धित ठाउँमा पुग्न केही समय लाग्न सक्छ । यसले विद्युतको महसुल बुझाउने समय घर्किने र आम उपभोक्ताले जरिवाना तिर्नु पर्ने हुनसक्छ ।

आफ्नो कर्मचारी व्यवस्थापनकै कारण आम उपभोक्ता मर्कामा नपरुन भनेर आफै मिटरमा उठेको अंक टिपेर महसुल बुझाउन प्राधिकरणले अपील गरेको छ ।

करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले हालै प्राधिकरणका कर्मचारी र केही व्यापारीहरुलाई पक्राउ समेत गरिसकेको छ ।

यो पनि पढ्नलाई सिफारीस गरिएको छ;

विद्युत प्राधिकरणका १२ विद्युत चोर प्रहरी खोरमा

फेसबुकबाट कमेन्ट गर्नुहोस्