प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्ने महिला पक्राउ
पर–पुरुषसंग आपत्तिजनक अवस्थामा फेला पारेपछी प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन् ।
साविक मातातिर्थ गाविसको वडा नं. ६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर हत्या गरेका थिए । विशाल र पूर्णलक्ष्मी विवाहेत्तर सम्बन्धमा थिए ।

वि.स.०७० पुस २१ मा सानोकाजीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि विवाद भएको थियो । विवादपछि उनीहरुले सानोकाजीको हत्या गरेको अदालतको ठहर छ ।
५५ वर्षीया पूर्णलक्ष्मीलाई २०७४ मा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै ३ महिना २७ दिन कैद हुने फैसला गरेको थियो । काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी पूर्णलक्ष्मीलाई अदालतको अनुमती लिएर कारागार चलान गरिने एसपी बस्नेतले बताएका छन् ।

हत्यापछि भागेर मकवानपुरगढीमा घरजम गरेर बसेका विशाल तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । विशाल तामाङलाई अदालतले १८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्