सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बच्चा मारिदिएपछी बाँदरले लियो कुकुरसंग बद्ला

भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ । स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो ।

बदलामा बाँदरले २५० ओटा कुकुरको ज्यान लिएको भारतीय मिडियामा खबर सार्बजनिक भएको छ । बाँदरले लिएको बदला देखेर आफूहरु हैरान बनेको स्थानीयले बताएको समाचारहरुमा उल्लेख गरिएको छ ।

Monkey

स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई लखेटी लखेटी मारेका थिए । कुकुरले आफ्नो बच्चा मारेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्यान लिएको हो ।

हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन् । बाँदरले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्