सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अपराधमा संलग्न १ हजार विदेशीको तथ्यांक सार्वजनिक गर्दै जापान

जापानमा पछिल्लो समय विदेशीह अपराधीक कार्यमा संलग्न हुने क्रम बढेसंगै जापानको अध्यागमन बिभागले त्यस्ता अपराधीक कार्यमा संलग्न भएका विदेशीहरुको तथ्यांक सार्वजनिक गर्ने भएको छ ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको अभियोग लागेका करिब १ हजार विदेशी अबैधानिक रुपमा बसिरहेको अध्यागमनको अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ ।

अर्को साता सार्वजनिक गर्ने तयारी गरिएको अध्यागमन विभागको उक्त रिपोर्ट अनुसार जापानमा विविध अपराधिक अभियोग लागेका तथा प्रमाणित भएका झण्डै १ हजार जना विदेशीहरु रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

Tokyo immigration

अघिल्लो बर्षको अन्त्यसम्ममा जापानमा लगभग ८३ हजार जना अवैधानिक विदेशी रहेको तथ्यांक सार्वजनिक भएको थियो । पछिल्लो तथ्यांक अनुसार ति ८३ हजार जनामध्ये ३ हजार १ सय ३ जनाले जापान सरकारले जारी गरेको देश छोड्ने आदेश अस्विकार गरेका छन् ।

सम्बन्धित अनुसन्धान अधिकारीहरुका अनुसार ति ३ हजार १ सय ३ जनामध्ये ९ सय ९४ जना विदेशीहरु विभिन्न अपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु हुन् । यसरी आपराधिक गतिविधिमा संलग्न भएको अभियोग खेप्नेहरु मध्ये सबैभन्दा धेरै लागुऔषध कारोबारमा संलग्न भएकाहरु छन् । यस बाहेक हत्या, कुटपिट तथा लुटपाटका अभियोग खेप्नेहरु रहेका छन् ।

यसमध्ये कतिपयले हत्या अभियोगमा १० बर्ष वा सो भन्दा बढी सजाय पाईसकेपछि पनि शरणार्थी आवेदन दिएको पुष्टि भएको छ । अध्यागमनले यस्ता समस्याहरुको वास्तविकता सार्वजनिक गर्दै, दिर्घकालिन नजरबन्दको समस्याहरुलाई सुधार्न चाहेको अधिकारीहरुले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्