सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा मृत्युदण्ड पाएका तिनजनालाई फाँसी

जापानले डिसेम्बर २१ तारिख मंगलबार बिहान बिभिन्न अपराधिक कार्यमा संलग्न रही मृत्युदण्डको सजाय पाएका तीन जना कैदीलाई फाँसीको सजाय दिएको छ । सन् २०१९ यता जापानमा मृत्युदण्डको सजाय पाएका व्यक्तिलाई फाँसी दिईएको पहिलो पटक हो ।

डिसेम्बर २०२० पछी किशिदा प्रशासनले पहिलो मृत्युदण्डको सजाय पाएकालाई फाँसी दिएको हो । न्यायमन्त्री योशिहिसा फुरुकावाले आदेश दिएपछी तीनजनालाई फाँसी दिइएको जापानी सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

Japan supreme court

न्याय मन्त्रीले फुरुकावाले गम्भिर र जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्ड दिनु अपरिहार्य भएको बताएका छन् ।

फाँसीको सजाय पाउनेमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षिय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पाचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षिय तोमोआकी ताकानेजावा र ४४ वर्षिय मित्सुनोरी ओनोगावा रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्