सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एमसीसीकै कारण सत्ता गठबन्धन टुट्दैनः प्रचण्ड

एमसीसीको सर्वत्र बिरोध भईरहँदा सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतका कारण अहिलेको सत्ता गठबन्धन नटुट्ने बताएका छन् । न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अध्यक्ष दाहालले एमसीसी सम्झौतामा सुधारको गुञ्जायस भएको र यसकै कारण गठबन्धन नटुट्ने बताएका हुन् ।

एमसीसीकै कारण गठबन्धन नटुट्ने उल्लेख गर्दै उनले भने, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । टुट्दैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन भन्ने छ । हिँजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भयो, बुद्धिजीवि नागरिकहरुको बैठक बस्ने कि भन्ने थियो अब, हाम्रो राष्ट्रिय सम्मेलनको चाप आइसक्यो, हुन्छ नि त तपाईंको सम्मेलनपछि गरौँ भनेर सहज ढंगले उहाँले सहयोगी भावना देखाउनुभयो । उहाँले पनि यो विषयलाई बुझ्नु भएको छ र अनावश्यक रुपले प्रेसर आउँछ भन्ने मलाई लाग्दैन ।’

Prachanda

अहिलेको देशको परिस्थिति विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने नरहेको उल्लेख गर्दै दाहालले एमसीसीमा आवश्यक सुधार गर्नुपर्ने बताएका छन् । एमसीसीका बारेमा केही गम्भीर प्रश्न उठेकाले पनि आम नागरिकमा रहेको सन्देहलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सुरुको सहमतिमा एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने उल्लेख नभए पनि पछि कहाँबाट त्यो प्रावधान ल्याइयो भन्नेबारे प्रस्ट पार्नुपर्ने पनि उनले बताएका छन् ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘ओरिजिनल सहमतिमा संसद्मा लगेर अनुमोदन गर्ने कुरा थिएन । यो बीचमा कहाँबाट आयो ? किन आयो त्यहाँबाट सुरु भयो । यसको विवाद, नत्र यो पहिला विवादमा थिएन । त्यसपछि अमेरिकाको आफ्नो ग्लोबल स्टा्रटेजी भनौँ न, विश्वव्यापी रणनीतिको अंग हो यो भनेजस्ता प्रचारहरु आए, त्यसले पनि नयाँ बहसलाई जन्म दियो र आम जनतामा एउटा खालको पर्सेप्सन भनौँ न, बुझाइ भयो कि, एमसीसी भनेको राष्ट्रको हीतमा छैन भन्ने खालको प्रचार व्यापक रुपमा गयो । त्यसकारण हाम्रो भनाइ अहिले के हो त भन्दा पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटि भएका छन्, किनभने ओर्जिनल सहमतिबाट अर्को सहमतिमा किन लगियो भन्ने कुरा स्पष्ट पार्नुप¥यो ।’

एमसीसीमा कहीँ त्रुटि छ कि भनेर अध्ययन गर्न कार्यदल बनाइएको पनि उनले बताए । जुन प्रावधानले नेपाललाई अप्ठ्यारो पारेको हो त्यो सच्याइनुपर्ने उनको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS