जापानमा कलेज तह उतिर्णको रोजगार दर घट्यो
जापानमा कोरोना भाइरसको महामारीका कारण कलेज तह उत्तिर्ण गरेका विद्यार्थीहरुको रोजगारी दर गत बर्षको भन्दा झन घटेको छ । जापानमा हरेक बर्षको मार्च महिनामा कलेज तहको पढाई पुरा गरेका विद्यार्थीहरुमध्ये कुल ७४ दशमलव २ प्रतिशतले मात्रै जागिर भेटाएको तथ्यांकमा देखिएको छ ।
यो अघिल्लो बर्षको तुलनामा साढे ३ प्रतिशत कम भएको सरकारी तथ्यांकले देखाएको छ । कलेज तहको पढाई पुरा गर्नेहरुको रोजगार दर घटेको यो लगातार दोस्रो बर्ष हो । समिक्षा अवधीमा ४ लाख ३२ हजार ७९० विद्यार्थीहरुले जागिर भेट्टाएको शिक्षा मन्त्रालयलये गत हप्ता सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
कोभिड–१९ फैलिएपछी केही क्षेत्रमा रोजगारीको माग घटेको अधिकारीहरुले बताएका छन् । सो अवधीमा कलेज तह उत्तिर्ण गरेका कुल विद्यार्थीहरुमध्ये ६८ हजार ७७६ जनाले स्नातक तहका लागि भर्ना भएका छन् । यो गत वर्षको तुलनामा ११ दशमलव ८ प्रतिशत अर्थात ४ हजार धेरै हो ।
५६ हजार २२८ जना अर्थात ९ दशमलव ६ प्रतिशतले भने जागिर नभेटेको वा स्नातक तहको पढाई सुरु गर्न प्रक्रिया थालेको बताइएको छ । यो संख्या एक बर्ष अघिको तुलनामा १५ हजार धेरै भएको बताइएको छ ।
रोजगारीको अवस्था कठिन भएपछि धेरैले स्नातक तहमै भर्ना गर्नु राम्रो हुनेमा विश्वास गरेको देखिएको छ । जापानमा अधिकांश शैक्षिक संस्था र कम्पनीहरुका लागी शैक्षिक सत्र वा व्यवसायिक वर्ष अप्रिलमा सुरु हुने गर्छ ।
रोजगारीको अवस्था कठिन भएपछि धेरैले स्नातक तहमै भर्ना गर्नु राम्रो हुनेमा विश्वास गरेको देखिएको छ । जापानमा अधिकांश शैक्षिक संस्था र कम्पनीहरुका लागि शैक्षिक सत्र वा व्यवसायिक वर्ष अप्रिलमा सुरु हुन्छ ।
समिक्षा अवधिमा जागिर भेटाएका मध्ये ४ लाख ११ हजार ८०२ ले स्थायी जागिर भेटेका छन् । यो संख्या पनि अघिल्लो वर्षको भन्दा १६ हजार कम हो । स्थायी पदमा नियुक्त गर्नेको तुलनामा एक वर्ष वा सो भन्दा धेरै समयको निश्चित अवधिको करार गर्नेको संख्या भने २ हजार ५ सय ले बढेर १५ हजार ९४७ पुगेको बताइएको छ ।
कोरोना भाइरसको महामारीका कारण घरेलु खपत घटेको र व्यवसायिक गतिविधिमा प्रतिबन्ध लगाइएपछि कैयौँ कम्पनीहरुले नयाँ कर्मचारी भर्नामा कटौति गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्