जापानको अन्तरिक्ष एजेन्सीमा साईवर आक्रमण
जापानको महानगरीय प्रहरी विभागको सार्बजनिक सुरक्षा ब्युरोले जापान एयर स्पेस एक्सप्लोरेसन एजेन्सी जाक्सा र अन्य संस्थाहरुमा साइवर हमला र ठगी प्रयास गरेको आशंकामा एकजना पुर्व चिनियाँ विद्यार्थीलाई पक्राउ पुर्जी जारी गरेको छ ।
ति चिनियाँ बिरुद्ध डिसेम्बर २८ मा पक्राउ पुर्जी प्राप्त भएको प्रहरीले बताएको छ । समाचारमा जनाइए अनुसार ति संदिग्ध ३६ बर्षिय वाङ जियानबिन पहिले नै चीन फर्किसकेका छन् । जसले गर्दा उनलाई पक्राउ गर्न मुश्किल हुने विश्वास गरिएको छ ।
वाङलाई पक्रिन गाह्रो हुने भएपछी महानगरिय प्रहरील ब्युरोले उनलाई ईन्टरपोल मार्फत अन्तर्राष्ट्रिय वान्टेडको सुचीमा राख्ने योजना बनाएको छ । अन्वेषकहरुका अनुसार वाङले जापानी कम्पनीको कर्मचारी भएर सन् २०१६ को नोभेम्बरमा स्वदेशी कम्पनीहरुलाई बेचिने जापानी सेक्युरिटी सफ्टवेयर खरिद गर्ने प्रयास गरेको आशंका गरिएको थियो ।

सफ्टवेयर बिक्री गर्ने फर्मले कम्पनीको कर्पोरेट दर्ता जाँच गर्दा उनले काम गरिरहेको दाबी गरेको कम्पनी कतै दर्ता छैन भन्ने थाहा भएको थियो । र उक्त सफ्टवेयर वास्तवमा बेचेको नभई सूचनाहरु चोर्न प्रयोग गर्न दिईएको खुलेको थियो ।
अन्वेषकहरुका अनुसार संदिग्धले ठुलो मात्रामा साइबर हमलाहरुलाई सहयोग गर्न सुरक्षा सफ्टवेयरमा कमजोरी पत्ता लगाउन खोजेको हुनसक्ने देखिन्छ । जसमा चिनियाँ जनमुक्ति सेना यसमा संलग्न रहेको आशंका गरिएको छ । सोही अनुसार महानगरिय प्रहरीले अनिवार्य छानबिन प्रक्रिया आवश्यक पर्ने निर्णय सहित वारेन्ट जारी गरेको जापानी सञ्चार माध्यमहरुले समाचारमा जनाएका छन् ।
वाङले जाक्सा र २०१६ देखि २०१७ बीचमा करिब २०० घरेलु संस्थाहरुलाई लक्षित गरी साइबर आक्रमणमा प्रयोग भएको सर्भरलाई लाइसेन्स दिनको लागि झुटो नाममा सम्झौता गरेको आशंका पनि गरिएको छ । चिनियाँ ह्याकर समुह टिक त्यसमा संलग्न रहेको बताइएको छ ।
महानगरिय सार्वजनिक सुरक्षा ब्युरोको अनुसन्धानले अहिलेसम्म साइबर हमलाहरुको लागि जिम्मेवार पिपुल्स लिबरेसन आर्मी रणनीतिक समर्थन बलको अधीनस्थ संगठन, टिक र युनिट ६१४१९ का सदस्यहरु बीचको सम्बन्ध रहेको खुलासा गरेको छ ।
चीन फर्किनुअघि स्वैच्छिक सोधपुछ अन्र्तगत, वाङले महानगरिय ब्युरोलाई उनकी पत्नी, युनिट ६१४१९ को सैन्य सदस्य रहेको बताएका थिए । सामाजिक सञ्जाल र इमेलहरु मार्फत उनलाई आफ्नो देशको लागि योगदान गर्न आग्रह र जापानी सुरक्षा सफ्टवेयर खरिद गर्न उनकी श्रीमतीले निर्देशन दिएकी थिईन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्