विदेशी कैदीबन्दी कुन देशका कति छन् नेपालमा ?
नेपालका कारागारमा एक हजार ३०९ जना विदेशी कैदीबन्दीले सजाय काटिरहेका छन् । कारागार व्यवस्था विभागका निर्देशक श्रवणकुमार पोखरेलका अनुसार कारागारमा रहेको कुल २४ हजार ८४० जना थुनुवा र कैदीबन्दीमध्ये एक हजार ३०९ जना विदेशी नागरिक अहिले कारागारमा छन् ।
तथ्यांक अनुसार भारतका एक हजार ४३, भुटानी २५, चीनका २६, पाकिस्तानी २१, बङ्गलादेशी ९, इरान १, सिङ्गापुर २, म्यानमार १, मलेसिया ४, जापान १, फिलिपिन्स १, थाइलेण्ड ४, दक्षिण कोरिया १, जोर्डन १, पपुवा न्यूगिनीका १ जना कारागारमा छन् । यस्तै, तान्जनिया २, नाइजेरिया ६, सेनेगल १, माली १, नामिबिया १, आइभरीकोष्ट २, टोगो १, नाइजेरिया २, दक्षिण अफ्रिकाका ३ जना कैदीबन्दी छन् ।

त्यस्तै अमेरिका २, क्यानडा १, बेलायत ३, जर्मन ३, डेनमार्क १, नेदरल्याण्डस् २, अष्ट्रिया १, स्पेन १, रसिया १, रोमानिया ४, भेनेजुयला १, बोलिभिया ८, फ्रान्सका पाँच जना र अन्य देशका ३ सहित एक हजार ३०९ जना विदेशी नेपाली कारागारमा कैदिबन्दीका रुपमा छन् ।
चार्ल्स शोभराज दुई वर्षपछि छुट्ने
फ्रान्सका पाँच जनामध्ये विकिनी किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजको कैद भुक्तानी हुन करिब दुई वर्ष बाँकी छ । केन्द्रीय कारागारमा २०६० सालदेखि शोभराजले जेल जीवन बिताइरहेका छन् ।
चार्लस १८ वर्षदेखि सुन्धारा कारागारको गोलघरभित्र बस्दै आएका छन् । शोभराज बुढेसकालले छोएकाले कैद छुटको माग गर्दै अदालत पुग्ने गर्छन । शोभराजमाथी नेपालमा मात्रै चार वटा अभियोग छन् ।
शोभराजमाथी विभिन्न देशमा गरी २० जनाभन्दा बढीको हत्या गरेको अभियोग लागेको छ । नेपालमा जाली राहदानी, दुई वटा ज्यानमारा र एउटा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्