सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल प्रहरीमा जनपद र प्राविधिकतर्फ भर्ना खुल्यो

नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ जवान पदका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहिबार जनपद समुहतर्फ एक हजार ६ सय ४५ तथा प्राविधिकतर्फ एक हजार ३३ जना जवानका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी हेड्क्वार्टरले आह्वान गरेको भर्ना सम्वन्धी सुचना अनुसार खुल्ला तर्फ ८८७ जना, अमर प्रहरीतर्फ ३३ जना, आदिवासी जनजाती तर्फ २३२ जना, मधेशी २०३ जना, महिला १४५ जना, दलित १०८ जना तथा पिछडा क्षेत्रबाट ३७ जनाको कोटा छ्टुयाईएको छ ।

त्यस्तै प्राविधीक समुहको सञ्चारतर्फ सवैभन्दा धेरै ७१८ जना प्रहरी जवान मागिएको छ । मेकानिकल ईन्जिनीयरीङ तथा सवारीतर्फ ९६ जना, मेकानिकल विपत ब्यवस्थापन तर्फ १८ जना, स्वास्थ्यतर्फ २५ जना, संगित तर्फ ६१ जना माग गरिएको छ ।

त्यस्तै आवास तथा भौतिक ईन्जिनीयरिङ्ग तर्फ २२ जना, सुचना प्रविधी कम्युटर तर्फ १७ जना, कुकुर स्कुलमा ५३ जना, विधी विज्ञानमा १८ जना तथा हातहतियारतर्फ ५ जनाको लागी आवेदन आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ बर्ष उमेर पुरा भई २३ बर्ष ननाघेका ईच्छुक उम्मेद्वारले दरखास्त फारम भर्न सक्नेछन । त्यस्तै श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली २०७१ (संसोधित) को नियम ४० बमोजिम २५ बर्ष ननाघेका उम्मेद्वारले दरखास्त दिन पाउनेछन ।

महानगरीय प्रहरी परिसरहरु काठमाडौं, ललितपुर, भक्तपुर, प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र दुधौली सिन्धुली, वुटवल तालिम केन्द्र, तामिल केन्द्र नेपालगञ्ज, तालिम केन्द्र दिपायल तथा सवै जिल्ला प्रहरी कार्यालयहरुबाट फागुन १ देखी ३० गतेसम्म दरखास्त फारम भरेर बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्