सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा शिशु जन्मदर इतिहासकै न्युन

जापानमा शिशु जन्मदर घटेर ईतिहासकै सबैभन्दा न्युन स्तरमा पुगेको छ । जापानको ब्यस्त जिवन शैलि र पछिल्लो समय कोरोना महामारिका कारण जिवनशैलिमा आएको परिवर्तनले जन्मदरमा यति धेरै कमि आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जापानको शिशु जन्मदर घटेर यस अघि कहिले नदेखिएको स्तरमा ओर्लिएको जापानी सन्चारमाध्यममा समाचार प्रकाशित भएका छन । सन् २०२२ मा देशभरमा शिशुको जन्म इतिहासमै पहिलो पटक ८ लाख मुनि आएको छ । गएको वर्ष जापानमा जम्मा ७ लाख ९९ हजार ७२८ शिशुको जन्म भएको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

यो संख्या अघिल्लो वर्षको भन्दा ५ दशमलव १ प्रतिशत कम हो । सरकारले सन् २०१७ मा एउटा प्रक्षेपणमा सन् २०२३ मा जन्म ८ लाख मुनि झर्ने बताएको थियो । तर यो अवस्था एक वर्ष चाँडै आयो । कोरोना भाइरसको महामारीका कारण जीवनशैलीमा आएको परिवर्तन र ढिलो बिहे गर्ने चलनका कारण जापानको जन्मदर खस्काएको छ ।

विदेशी अभिभावकको शिशु बाहेकको शिशुको संख्या २०२२ मा ७ लाख ७० हजार रहेको अनुमान गरिएको छ । २०२२ मा जापानमा मृत्यु भने १५ लाख ८२ हजार ३३ को कीर्तिमानी स्तरमा उक्लिएको थियो । यो एक वर्ष अघिको भन्दा १ लाख २९ हजार ७४४ धेरै थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्