सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरियाले एकाबिहानै हान्यो जापानतर्फ मिसाईल

आज (मार्च १४ तारिख) बिहान छिमेकी मुलुक उत्तर कोरियाले फेरी जापानतर्फ ब्यालेस्टिक मिसाईल प्रहार गरेको छ । यो कुराको पुष्टि दक्षिण कोरियाली शैन्य मुख्यालयले गरेको हो ।

एनएचके अनलाईनमा प्रकाशित समाचार अनुसार जापानको बिहानी समय ७ बजेर ४४ मिनेट जाँदा मिसाईल प्रहार भएको बताइएको छ ।

north korea missile
फाईल तस्विर

मिसाईल प्रहारबारे संचारमाध्यमसंग प्रधानमन्त्री किशिदाले भनेका छन–“मलाई रिपोर्टहरू बारे थाहा छ, तर हामी अहिले जानकारी सङ्कलन गरिरहेका छौं । अहिलेसम्म जापानमा कुनै क्षति भएको छैन ।”

अहिले जापान नौसेना तथा रक्षा मन्त्रालयले मिसाईल प्रहारबारे बिस्तृत जानकारीहरु संकलन गरिरहेको छ । प्रारम्भिक विवरण अनुसार मिसाईलबाट त्यस्तो मानविय क्षति नभएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्