सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा मार्च १३ बाट मास्क नलाई हिँड्न पाईने

कोरोना भाइरसको महामारी सुरु भएपछी मास्क अनिवार्य गरिएको जापानमा मार्च २३, २०२२ बाट सो नियमलाई स्वइच्छा बनाइएको छ । मार्च १३ बाट जापानमा मास्क लगाउने या नलगाउने भन्ने निर्णय व्यक्ति स्वयं आफैले गर्नसक्ने जापान सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।

Japanese girl

कोरोना महामारीको समयमा बाध्यकारी नभएता पनि सरकारको अनुरोधलाई स्वीकार्दै जापानमा हालसम्म सबैले घर बाहिर निस्किँदा स्वतस्फुर्त रुपमा मास्क लगाउँदै आएका छन् । तर मार्च १३ तारिखबाट सरकारी निकाय तथा सार्वजनिक सेवा प्रदायकहरुले मास्क लगाउनका लागि अनुरोध गरेर सुचनाहरु जारी गर्ने छैनन् । लगाए पनि नलगाए पनि कुनै निकायले औपचारिक अनुरोध गर्नेछैन ।

यद्यपी, वृद्ध-वृद्धा तथा संक्रमणको जोखिम उच्च भएका मानिसहरुलाई लक्षित गरि, सार्वजनिक स्थान-भिडभाड आदिमा मास्क लगाउँदा संक्रमण हुने सम्भावना कम हुने सुचनाहरु भने निरन्तर जारी राखिने छ । मास्क फ्रि भएको पहिलो दिन मार्च १३ तारिखमा बस, ट्रेन तथा सबै जसो स्थानहरुमा मानिसहरुले साविकको समयमा जस्तै मास्क लगाएर निस्किएको देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्