सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

धेरै सन्तान हुनेलाई भत्ता, सुविधा बढाउँदै जापान

जापान सरकारले एक भन्दा धेरै सन्तान भएका घरपरिवारको लागि सुविधा र भत्ता बढाउने विचार गरिरहेको छ । जापानमा अहिले जन्मदर घटेर देशको अस्तित्व नै संकटमा पर्ने खतरा बढेकै समयमा प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदर उकास्न अभूतपूर्व उपायहरु लागू गर्ने कशम खाएका छन् । यो सम्बन्धी सरकारी नीतिको खाँका यही महीनाको अन्त्यमा तयार पारिनेछ ।

यसमा एक भन्दा धेरै बालबालिका भएका घरपरिवारको शिशु स्याहार भत्ता बढाउने बाहेक भत्तामा यस्ता घरपरिवारको आय सीमा हटाउने अनि भत्ताको लागि योग्य अवधि बढाउने जस्ता उपायबारे पनि राख्नेबारे विचार विमर्श गरिरहेको छ । अहिले निम्न माध्यमिक विद्यालय तह पढ्ने उमेरका बालबालिका भएका परिवारहरुले शिशु भत्ता पाइरहेका छन् । यो उमेर हद बढाएर माध्यमिक विद्यालय तहसम्म पुर्याउने सरकारको योजना छ ।

नीतिगत खाँकाको मस्यौदामा सबै बालबालिकाको हेरचाहका लागि आधारभूत वित्तीय टेवा दिइने भनिएको छ । अन्य देशमा प्रयोगमा आएका शिशु स्याहार प्रणालीलाई हेरेर सरकारले अहिलेको ढाँचा बनाउने पनि मस्यौदामा भनिएको छ । मस्यौदामा शिशु स्याहार भत्ताका लागि तोकिएको आय सीमा हटाउने प्रस्ताव पनि छ । स्वास्थ्य तथा श्रम मन्त्री माचुनोबु कातो समेतका केही मन्त्रीहरुले यो योजनाप्रति सरकारलाई खबरदारी गरेकोले यो लागू हुन्छ कि हुन्न भन्ने चाँहि स्पष्ट छैन ।

यी उपायहरु कहिलेदेखि लागू हुन्छ अनि भत्ता रकम कति बढ्छ भन्ने जस्ता ठोस विवरणहरु मस्यौदामा खुलाइएको छैन । अहिलेसम्म दुबै अभिभावकको वार्षिक तलब ९६ लाख नाघ्दैनन भने परिवारले बाल बालिकै पिच्छे मासिक १० हजार येनदेखि १५ हजार येन पाइरहेका छन् । योग्यता अवधि बढाउन थप ४ खर्ब येन चाहिने अनि आय सीमा हटाउन अर्को १ खर्ब ५० अर्ब येन चाहिने अनुमान सरकारी अधिकारीहरुको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS