जापानमा सन् २०२२ मा गाँजासम्बन्धि अपराधमा कमी
जापानमा गाँजा सम्बन्धी अपराधमा ५ हजारभन्दा धेरै पक्राउ परेका छन् । २०२२ मा देशभरबाट प्रहरीहरुले ५ हजार ३४२ जनालाई गाँजा राखेको, बाँडेको, रोपेको लगायत अभियोगहरुमा समातेको छ । यो अघिल्लो वर्षको भन्दा १४० कम हो ।
योसँगै नौं वर्षमा पहिलो पटक गाँजासम्बन्धी अपराधमा पक्राउ पर्नेको संख्या घटेको राष्ट्रिय प्रहरी विभाग (एनपीए)ले भनेको भन्दै माइनिचीले समाचार छापेको छ । कुल मध्ये ९१२ जना अर्थात् १७ दशमलव १ प्रतिशतको उमेर २० वर्षभन्दा कम छ ।
अघिल्लो वर्षको भन्दा यो ८२ कम हो । २० वर्ष उमेर समूहका ५३ दशमलव ४ प्रतिशत र ३० वर्ष उमेर समूहका १७ दशमलव ४ प्रतिशत रहेको बताइएको छ । पक्राउ पर्नेमा ७० प्रतिशत जति ३० वर्षभन्दा कम उमेरका छन् ।
१६० जना भने विश्वविद्यालय जाने उमेरका विद्यार्थी छन् । १५० जना उच्च माध्यमिक विद्यालयका छन् भने ११ जना निम्न माध्यमिक विद्यालयका छन् । पक्राउ पर्ने मध्ये ४ हजार ४३० जना गाँजा राखेको आरोपमा पक्राउ परेका हुन् ।
२५१ जना गाँजा बाँडेको आरोपमा समातिएका छन् । २२५ जना गाँजा रोपेको आशंकामा पक्राउ पर्दा १८४ जनाले गाँजा लिएको अनि ७४ जना चाँहि गाँजा तस्करीको अरोपमा पक्राउ परेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्