सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा तलवमा १९७६ यताकै किर्तिमानी बृद्वी

जापानमा औसत मासिक तलबले नयाँ कीर्तिमानी उचाई छोएको छ । श्रम मन्त्रालयले गरेको सर्वेक्षणका अनुसार गएको वर्ष फूल टाइम काम गर्ने कामदारको मासिक औसत तलब ३ लाख १० हजार येन पाइएको छ । यो एक वर्ष अघिको भन्दा १ दशमलव ४ प्रतिशत धेरै हो ।

गएको वर्ष जापानमा औसत मासिक तलब सन् १९७६ यता कहिले नदेखिएको स्तरमा उक्लिएको छ । सो अवधिमा पुरुषको तुलनामा महिलाको औसत तलब धेरैले बढेको छ । महिलाको औसत तलब अघिल्लो वर्षको तुलनामा २ दशमलव १ प्रतिशतले बढेर २ लाख ५८ हजार ९०० येनमा उक्लिएको छ भने पुरुषको पनि १ दशमलव ४ प्रतिशतको वृद्धिसहित ३ लाख ४२ हजारमा पुगेको छ ।

जापानमा तलब वृद्धिमा पुरुषहरुलाई लगातार दोस्रो वर्ष पनि महिलाले उछिनेका छन् ।अर्थात् लगातार दोस्रो पटक पुरुष र महिलाबीचको तलब अन्तर साँघुरो बनेको छ । महिला व्यवस्थापकहरुको संख्यामा भएको वृद्धिका कारण महिलाको तलब बढेको ठानिएको छ । तर दुःखको कुरा पुरुषको तुलनामा महिलाले औसतमा ७५ दशमलव ७ प्रतिशत मात्रै कमाइरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्