सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा साईकल हेल्मेटको माग उच्च

अप्रिल महीना शुरु भएदेखि जापानमा साइकल चलाउँदा हेल्मेट अनिवार्य भएको छ । सबै उमेर समूहका लागि लागू हुने गरी अप्रिल १ देखि यो नियम कार्यान्वयनमा आएपछि देशभरमा हेल्मेटको अभाव भएको भन्दै जीजी प्रेसले समाचार छापेको छ ।

अहिले हेल्मेटको मागले उत्पादनलाई उछिनिरहेको छ । विशेषगरी क्याप शैलीको हेल्मेटको अभाव उच्चभएको बताइएको छ । यस्तो खालको हेल्मेट जापानमा निकै लोकप्रिय छ । हेल्मेट नलगाउँदा जापानले दन्ड जरिवाना लगाएको छैन । तर सुरक्षाका लागि चाहिने भनेर हेल्मेट किन्नेको ताँती छ ।

नियम परिवर्तन भएपछि विशेषगरी महिला ज्येष्ठ नागरिकहरुमाझ हेल्मेटका माग उच्च भएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्