गोल्डेन विकमा घुम्न जाँदै २ करोड ४५ लाख जापानी
नजिकिँदै गरेको गोल्डन विकको लामो छुट्टीलाई बिताउने तपाईको के कस्ता योजना छन् ? के के गर्दै हुनुहुन्छ ? कहाँ जाने योजना बन्दैछ ? यो वर्ष गोल्डन विक अर्थात् अप्रिल २९ देखि मे ५ बीचको अवधिमा जापानमा झन्डै २ करोड ४५ लाख मानिसहरु घुमफिरका लागि निस्कने योजनामा छन् ।
जापानको प्रमुख ट्राभल कम्पनी जेटीबीले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । यो एक वर्ष अघिको भन्दा ५३ प्रतिशत धेरै भएको एउटा सर्वेक्षणले देखाएको छ । यो सन् २०१९ मा जापानमा कोरोना भाइरसको महामारी शुरु हुनु अघिको बराबरी हो ।
जेटीबीले करीब २ हजार मानिसहरुमाझ प्रश्नावली सर्वेक्षण गरेर पछिल्लो नतिजा निकालेको हो । यात्रमा जान लागेको भनेर बताउनेमध्ये ३९ प्रतिशत मानिसहरु २ दिन १ रातका लागि निस्कन लागेका छन् । ३३ प्रतिशतको योजना ३ दिन २ रातको यात्रामा जानेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्