साउ भागेपछी २२ नेपाली कतारमा अलपत्र (नामसहित)
चार महिनाको तलब नदिइ कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन । पीडित कामदारले उद्दारको लागि नेपाली दूतावाससहित कतारी निकायमा सहयोग मागे पनि सुनुवाइ हुन नसकेको गुनासो गरेका छन ।
आठ महिना अघि कतार पुगेका उनीहरु टिम वर्कयिल स्टेस कम्पनीमा कार्यरत थिए । कम्पनी मालिक बेपत्ता भएपछी उनीहरुलाई खान समेत अभाव हुन थालेको छ ।
कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइ दिएको छैन । पीडित कामदारहरु स्वदेश पठाइदिन भन्दै कतारको खोज अनुसन्धान केन्द्रमा समेत पुगेका थिए ।
अलपत्र नेपाली कामदारहरुको नामावली
कृष्णप्रसाद खनाल, चितवन
रवि खत्री, बुटवल
हरिनारायण थारु, रुपन्देही
सफिक महमद फगिर, रुपन्देही
रिगबहादुर गुरुङ, स्याङजा
कुमार राजु शाही, दैलेख
विनोदकुमार, मोरङ
डगलसिंह लिम्बू, मोरङ
विमल धामी थारु, मोरङ
अरविन चौधरी, मोरङ
राजेश, नवलपरासी
मोगेन्द्र महरा, धनुषा
सुरजकुमार राई, धनुषा
बोएलाल मण्डल, धनुषा
रामभगत गोटिया, धनुषा
नसोम, महोत्तरी
नारायण चौधरी, कैलाली
प्रेमप्रकाश चौधरी, सुनसरी
फुर्वा शेर्पा, ताप्लेजुङ
यज्ञबहादुर केसी, दाङ
सद्दाम हुसेन, सर्लाही
सुरेशकुमार चौधरी, सप्तरी








फेसबुकबाट कमेन्ट गर्नुहोस्