सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

शुक्लाफाँटाको नरभक्षी बाघ जावलाखेलको रानि

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याएर राखिएको हो ।

सो बाघले वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।

Tiger
फाइल तस्विर

डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिइ चिडियाखानामा ल्याइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले चिडियाखानामा एउटा महाराजा नामको बाघ रहेको र उसको जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघको नाम ‘महारानी’ राख्ने तयारी गरिएको बताए । ‘यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराजा, महारानी नाम मिलाएर राख्ने सोच छ,’ अधिकारीले भने ।

अधिकारीका अनुसार अहिले चिडियाखानामा दुई जोडी बाघ राख्नसक्ने क्षमता भए पनि हाल ५ वटा बाघ छन् । तीमध्ये ४ वटा भाले र एउटा पोथी बाघ छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS