सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दाङमा बञ्चरो प्रहार गरी श्रीमतिद्वारा श्रीमानको हत्या

दाङमा घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको गरेकी छिन् ।

मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।

विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताए ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्