सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा अर्कैको सिम प्रयोग गरी करोडौँ ठगी

अर्कैको सिम कार्ड दुरुपयोग गरि ठगीमा संलग्न रहेको अभियोगमा एक ३० वर्षिया युवतीलाई जापान प्रहरीले पक्राउ गरेको छ ।

“सिम स्वाप”भनेर चिनिने ठगि काण्ड मार्फत अर्काको सिम कार्ड तथा मोबाइल नम्बर प्रयोग गरि, ति वास्तविक सिम÷फोन सम्झौताकर्ताहरुको अनलाईन बैंकिङ मार्फत करोडौँको ठगि गरेको अभियोगमा तोचिगी प्रिफेक्चर निवासी बेरोजगार ३० वर्षिया ओनेता मानामी नामकी युवतीलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी विभागका अनुसार गत वर्ष सेप्टेम्बरमा तोचिगी प्रिफेक्चरको एक मोबाइल फोन पसलमा टोकियोमा बस्ने ४० वर्षकी महिला भएको बहाना गरी फोन नम्बर लगायतका प्रयोगकर्ताको जानकारी भएको सिमकार्ड हात पारि ठगी गरेको आशंका गरिएको छ ।

महिलाले प्रयोग गर्ने अनलाइन बैंकिङमा मोबाइल फोनमार्फत ट्रान्सफर गर्दा “वान टाईम पासवर्ड” राख्नुपर्ने बनाइएको थियो । ति युवतीले जालसाजी रुपमा प्राप्त सिम कार्ड प्रयोग गरि, पासवर्ड प्राप्त गरेको आशंका गरिएको छ । सो अवधीमा ति महिलाको खाताबाट करिब २० लाख येन अन्य बैंकमा ट्रान्सफर गरि ठगि गरिएको बताईएको छ ।

ति अभियुक्त युवतीले सामाजिक संजाल मार्फत व्यक्तिहरुको बैंक खाता तथा ब्यक्तिगत सुचनाहरु प्राप्त गरि यस्तो ठगि गर्ने गरेको अनुसन्धानमा खुलेको छ । साथै ति युवतीले हालसम्म ९ करोड येन बराबरको ठगी गरिसकेको आँकलन गरिएको छ ।

स्रोतः NHK world

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS