सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दर्शन समाज जापानको तीज नागोयामा

जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानको यसपालीको तीज बिशेष कार्यक्रम जापानको नागोया शहरमा हुने भएको छ । समाजले हरितालिका तिजको अवसरमा यही सेप्टेम्बर १७ तारिख आईतबारका दिन नागोयामा तीजको दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको हो ।

दर्शन समाज जापानका अध्यक्ष राहुल शाही ठकुरीका अनुसार यसपालीको तीजको दर खुवाउने कार्यक्रम नागोयाको देउराली रेष्टुरेन्टमा आयोजना गरिने भएको हो । दर खुवाउने कार्यक्रम नागोयाको नाकाकु साकाएमा दिउँसो ३ बजेबाट राति अबेरसम्म सञ्चालन हुने बताइएको छ ।

Thakuri

तीज बिशेष कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै ठकुरी प्रमुख अतिथीका रुपमा नेपालबाट आउने बताइएको छ । कार्यक्रममा सहभागी हुन प्रमुख अतिथी ठकुरीको सेप्टेम्बर १६ तारिखका दिन नारिता बिमानस्थलमा आगमन हुने बताइएको छ ।

ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै ठकुरी

परदेशमा रहेर तिज मनाउन नपाउने नेपाली दिदिबहिनीहरुलाई तिजको झल्को मेटियोस भनेर तिज विशेष कार्यक्रम आयोजना गरिएको दर्शन समाज जापानका महासचिव प्रदिप सेन ठकुरीले बताएका छन ।

महिलाहरुको महान चाड हरितालिका तिजलाई आपसी मेलमिलाप र सहिष्णुताको पर्वका रुपमा मनाउनका लागी पनि तिज कार्यक्रमको आयोजना गरिएको महासचिव सेनको भनाई छ ।

सन् २०१८ मा दर्शन समाज जापानले आयोजना गरेको तीजको दर खुवाउने कार्यक्रममा सहभागी दिदिबहिनि तस्विरमा

यसपालीको तिजको दर खुवाउने कार्यक्रममा नागोयाबासी सबै नेपाली दिदिबहिनीलाई सहभागी हुन आयोजक दर्शन समाज जापानका संस्थापक अध्यक्ष तथा संरक्षक सुरज मल्लले आग्रह गरेका छन् । तीजको दर खुवाउने कार्यक्रमको पहलकदमी दर्शन समाजले गरे पनि तीज कुनै जात बिशेषको नभई समग्र नेपालीको भएको हुँदा बिना कुनै संकोच कार्यक्रममा सहभागी हुन संरक्षक मल्लले आग्रह गरेका छन् ।

नेपाली महिलाहरुको मौलिक र सांस्कृतिक पर्व तीजको नियास्रो मेटियोस भनेर नेपाली दिदिबहिनिलाई तीजको दर खुवाउने कार्यक्रम आयोजना गरिएको दर्शन समाज जापानका बरिष्ठ उपाध्यक्ष भुवन सिंह ठकुरीले बताएका छन् । सिंहका अनुसार कार्यक्रममा बिभिन्न गित तथा आकर्षक नृत्यहरुको प्रस्तुती रहने छन् ।

कार्यक्रम स्थलः Nagoya-Shi Nakaku Sakae 2-7-16
टेलिफोन नम्बरः 0522221223

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS