सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तमु धीं तोचिगीको बार्बीक्यु बनभोज भब्य

तमुधीं जापानको तोचिगी, गुन्मा र ईबाराकी समितिले जुन ९ तारिखका दिन बार्बीक्यु तथा बृहद बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । समितिका अध्यक्ष राम गुरुङ (बिराज)का अनुसार बनभोज तथा बार्बीक्यु कार्यक्रम ओयामासीको ओयामा जेनरल पार्कमा आयोजना गरिएको थियो ।

तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बार्बीक्यु तथा बनभोज कार्यक्रममा समितिका सल्लाहकारहरु तथा अन्य बिभिन्न प्रवासी संघसंस्थाका प्रतिनिधीको सहभागीता रहेको आयोजक तमु धीं तोचिगी, गुन्मा, ईबाराकी समितिले जनाएको छ ।

Gurung Tamu Japan

समितिका महासचिव भरत गुरुङका अनुसार जापानको तोचिगी, गुन्मा र ईबाराकी आसपास बस्ने गुरुङ तथा नेपाली दाजुभाई तथा दिदिबहिनिहरुबिच भेटघाट र परदेशी भुमिमा नियास्रो मेट्दै आपसी सद्भावका लागी बार्बीक्यु तथा बनभोज कार्यक्रम राखिएको हो ।

Gurung Tamudhi Japan

बार्बीक्यु तथा बनभोज कार्यक्रममा बिभिन्न कामको सिलसिलामा जापानको तोचिगी, गुन्मा र ईबाराकी आसपास बस्दै आएका नेपालीहरुको सहभागीता रहेको थियो । बार्बीक्यु तथा बनभोज कार्यक्रममा करिब १२० जना जतिको सहभागीता रहेको आयोजक तमु धीं तोचिगीका अध्यक्ष बिराज गुरुङले बताएका छन् ।

बार्बीक्युसंगै अन्य बिबिध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिएको तमुधीं जापान (तोचिगी, गुन्मा, ईवाराकी) समितिका अध्यक्ष राम गुरुङ (बिराज) ले बताएका छन् ।

बार्बीक्यु तथा बनभोज कार्यक्रममा समितिका सल्लाहकारहरु राम गुरुङ, उत्तम राज गुरुङ, सान्त बहादुर गुरुङ, काजि गुरुङ, मनोज गुरुङ, निरज गुरुङ, विकास गुरुङलाई सम्मान सहित मनोनयन पत्र प्रदान गरिएको थियो ।

Gurung Tamudhi Japan

फेसबुकबाट कमेन्ट गर्नुहोस्