सुन तस्कर भागाभाग: डरले घरै छाड्न थाले
सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन । पक्राउ परेकाको बयानका आधारमा पाँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन ।
३३ केजी सुन सहित समातिएका भरिया र उनीहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने । उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिए पनि उनीहरु केहि समययता घरमा छैनन् ।
आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । सुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्