सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जनकपुरमा महिला आफ्नै घरमा मृत फेला

जनकपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलकी श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा ओछ्यानमा शव फेला परेको उनले प्रहरी निरिक्षक बैठाले बताएका छन् । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।

पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । यता माइती पक्षले भने शोभा मण्डलको हत्या भएको दावी गरेको छ । माइती पक्षका अनुसार दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो ।

शोभाको बिहे पाँचवर्ष अघि चन्दनसँग भएको थियो । उनीहरुका एक छोरी छिन् । शोभाको माइत महोत्तरीको बर्दिबास नगरपालिका १४ माइस्थान हो । नेपालको मधेष क्षेत्रमा दाईजोको बिषयलाई लिएर घरायसी झगडा र सोही कारण बेला बेला यस्ता अपराधका घटना घट्ने गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS