सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सागर डिस्टिलरीलाई आईपीओ निष्कासन अनुमती

सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । कम्पनीले साउन १२ गते सेबोनबाट आधिकारिक स्वीकृति पाएको हो ।

अब कम्पनीले रू. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्न लागेको छ । यसका लागि बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ ।

सागर डिस्टिलरी उत्पादन तथा प्रशोधन समूहअन्तर्गत पर्ने कम्पनी हो, जसले ‘नेप्से बुल्स’, ‘रोयल ब्लु’, ‘गभर्नर’, ‘ग्रेउल्फ’ जस्ता चर्चित ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको आईपीओ कहिलेबाट बिक्री खुला हुने हो भन्ने विवरण भने आउँदा दिनमा सार्वजनिक गरिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS