सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एनआरएनए जापानको अध्यक्षमा लामिछाने विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति निर्वाचनमार्फत चयन भएको छ । जुलाई २७ आईतबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् सुभाष लामिछाने अध्यक्ष पदमा विजयी भएका छन् । लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल निर्वाचित भएका छन् । उनले ६ हजार ४ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्ण गैरै शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका थिए । त्यस्तै गरि महासचिव पदमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) विजयी भएका छन् । श्रेष्ठले ६ हजार ३ सय ८४ मत प्राप्त गरे भने प्रतिस्पर्धी विश्वास गौतम (खगराज गौतम)ले ५ हजार ९ सय ६१ मत प्राप्त गरेका थिए ।

अन्य नव निर्वाचित पदाधिकारीहरूमा, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, क्षेत्रीय उपाध्यक्षमा – विष्णु प्रसाद सुवेदी (विश्व), उपाध्यक्षमा मुक्तिराम खनाल (बिनोद) दिलिप कँडेल र दिपक सुनार चयन भएका छन् । त्यसैगरि सचिव (खुला)मा नेत्र पाण्डे, तथा दिल्लि प्रसाद सापकोटा, क्षेत्रीय सचिवमा –सागर कार्की, कोषाध्यक्षमा – मुक्तिराज रेग्मी, क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दिप जिसी, खुला सह–कोषाध्यक्षः रामु कँडेल तथा युवा संयोजकमा दिपक बुर्जा मगर रहेका छन् ।

यसैगगि निर्वाचनबाट निर्वाचित सदस्यहरुमा–मिलन अर्याल, कमलेश जीसि, नबीनदिप गुरुङ, निराजन मल्ल, कृष्ण प्रसाद भुषाल, भिम बहादुर बुढाथोकी, सुरेश सापकोटा, प्रकाश विश्वकर्मा, शंकर सुवेदी र कुशल पौडेल रहेका छन् ।

जापानबाट आईसिसिमा प्रतिनिधित्व गर्ने ८ जना सदस्यहरु भने यस अघिनै निर्विरोध चयन भइसकेका छन् । यसरी निर्विरोध चयन हुनेहरुमा कृष्ण केसी, टिकाराम कँडेल, राम बहादुर खत्री, शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की र राम बहादुर थापा रहेका छन् ।

यसैगरि यस अघिनै निर्विरोध हुनेहरुमा–लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु भण्डारी, महिला सचिवमा ललिता तामाङ, महिला सहकोषाध्यक्षमा कामना भण्डारी, महिला संयोजकमा मञ्जु बन तथा महिला सदस्यद्वय अर्याल र सन्तोषी अधिकारी, लेखा तथा अनुशासन समितिको सदस्यहरु कृष्णप्रसाद कँडेल र अशोक निरौला रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS