जापानमा किशोरीमाथी अभद्र व्यवहार गर्ने नेपाली पक्राउ
जापानको फुकुओकामा हाई स्कुलकी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक नेपाली युवालाई जापान प्रहरीले पक्राउ गरेको छ । जुलाई २९ तारिखको साँझ, फुकुओकाको चिकुगोस्थित जेआर चिकुगो–फुनागोया स्टेशनको प्लेटफर्ममा एक हाई स्कूलकी छात्राको स्तन छोएको र उनको तिघ्रा चाटेको जस्ता अश्लील कार्यमा संलग्न भएको आरोपमा ३७ वर्षीय नेपाली पुरुष पक्राउ परेको समाचार जापानका बिभिन्न सञ्चार माध्यमले प्रकासन तथा प्रसारण गरेका छन् ।
समाचारमा जनाईए अनुसार छात्रामाथी अभद्र ब्यबहार गर्ने पुरुषलाई घटनास्थलमै पक्राउ गरिएको समाचारमा जनाईएको छ । समाचारमा उल्लेख गरिए अनुसार घटना २९ तारिख साँझ ७ः५० बजेतिर जेआर चिकुगो–फुनागोया स्टेशनको प्लेटफर्ममा घटेको हो ।

अभद्र ब्यबहार गरेको भनिएकी १७ वर्षीया हाई स्कूलकी छात्रा बेन्चमा बसीरहेको बेला आरोपित पुरुष उनको नजिक आएर उनको छेउमा बसेको र बोल्न खोजेको बताइएको छ । तर रेलको पर्खाईमा रहेकी ती किशोरीले कुराकानी गर्न अस्वीकार गरेपनि आरोपित पुरुषले अचानक किशोरीको स्तन स्पर्श गर्ने तथा खुट्टा समातेर उनको तिघ्रा चाट्ने जस्ता हर्कत गरेको युवतीले प्रहरी समक्ष बताइएको समाचारमा उल्लेख गरिएको छ ।
ती नेपाली पुरुषले त्यस्तो अभद्र ब्यबहार गरेपछी किशोरी घटनास्थलबाट उठेर हिँडेको तर ती नेपाली पुरुषले उनलाई पछ्याउन नछाडेपछी किशोरीले आफ्नी आमालाई सम्पर्क गरेकी थिईन । त्यसपछी आमाले प्रहरीलाई फोन गरेर खबर गरेपछी आरोपित पुरुषलाई कुरुमे स्टेशनबाट पक्राउ गरिएको बताइएको छ ।
युवतीसंगै रेलमा चढेका ती पुरुषले रेलमा समेत नजिकै गएर छेउमा बसेको तर किशोरीले दूरी कायम राख्न अर्को कारमा गएको त्यसपछी जेआर कुरुमे स्टेशनमा ओर्लिएपछि प्रहरी अधिकारीहरूले ती पुरुषलाई घटनास्थलमै पक्राउ गरेको समाचारमा उल्लेख गरिएको छ ।
सहमति बिनाको अश्लील ब्यबहारको आशंकामा पक्राउ परेका संदिग्ध व्यक्ति भूषाल थरका ३७ वर्षिय एक नेपाली नागरिक रहेको समाचारहरुमा उल्लेख गरिएको छ । उनी फुकुओकाको चिकुशिनो शहरमा बस्ने रेष्टुरेन्टको सेफ भएको बताइएको छ । सोधपुछको क्रममा, उनले “म जापानी भाषा बुझ्दिन” भन्दै आरोप अस्वीकार गरेको समाचारहरुमा जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागी सिसिटिभि फुटेजको अध्यय्न गरिरहेको बताईएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्