सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रीमती हटाएर बुवालाई अध्यक्ष बनाए रेशमले

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका नेता गंगाराम चौधरीले बताएका छन् ।

बर्दिया–२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् । रञ्जितालाई आफूमाथि लागेको आरोपबारे राष्ट्रिय भेलामा आएर स्पष्ट पार्न आग्रह गरिए पनि त्यसको बेवास्ता गरेको रेशमको भनाइ छ ।

Lalbir chaudhary father of resham

रेशम चौधरीले भनेका छन्–‘हामीले पटक–पटक उहाँमाथि लागेको आरोपबारे भेलामै आएर स्पष्ट पार्न भन्यौँ । रञ्जिताजी भेलामा नआएपछि पार्टीले नयाँ नेतृत्व चयन गरी निकास दिएको हो ।’

यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो । काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।

पार्टीको विवाद चर्किँदै गएको अवस्थामा रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधान विपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भनी अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS