कैलालीको सेकुवा पसलमा युवतीको हत्या
कैलालीमा एक सेकुवा पसलमा युवतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको कैलाली प्रहरीले जानकारी दिएको हो ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्दै आएकी थिईन । युवतीलाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवालमाथि बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताएका छन् ।
सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउदले युवतीमाथी किन चक्कु प्रहार गरे भन्ने कारण भने खुलेको छैन । हाल अनुसन्धान भईरहेको र अनसन्धान सकिएपछी कारण थाहा हुने प्रहरीले जनाएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्