बालिका करणी अभियोगमा दुई जना पक्राउ
बालिका करणी गरेको अभियोगमा नेपाल प्रहरीले बारा र कैलालीमा गरी दुई जनालाई पक्राउ गरेको छ । बाराबाट छोटेलाल यादव र कैलालीबाट भरत बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
बारामा ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई प्रहरीले हिजो शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेको हो ।

यस्तै कैलालीमा १५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–५ अण्डैया शिशु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भरतलाई इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्