सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘माओत्सेतुङ’ जिन्दगीभर दाँत नमाझेका नेता

नेपालमा माओत्सेतुङकै नाममा पार्टी स्थापना गरी हालसम्म सत्ता र प्रतिपक्षमा छन्, पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्डको जीवनशैली पश्चिमा प्रवृत्तिको छ । बेलामौका अभियानका नाममा विभिन्न समुदायमा खाना खाएको, एकाबिहानै ब्रस लिएर दाँत माझेको लगायत मर्निङ वाक गरेको भिडिओ छ्यापछ्याप्ती पाइन्छन् ।

तर तिनै प्रचण्डका आदर्श नेता, पात्र माओत्सेतुङले भने जीन्दगीभरी दाँत माझेका रहेनछन् । माओत्सेतुङ चिनियाँ कम्युनिस्ट क्रान्तिका नेता थिए, जसले १९४९ मा जनवादी चीनको स्थापना गरे । उनी बौद्धिक, आदर्शवादी र अनुशासनप्रति कठोर मानिएका व्यक्ति भए ।

उनको निजी जीवनका केही पक्षहरू निकै अनौठा थिए । तीमध्ये एक हो—उनी जीवनभर दाँत नमाझ्ने व्यक्ति हुनु । माओत्सेतुङले दाँत कहिल्यै ब्रस गरेनन् भन्ने कुरा उनका निजी चिकित्सक र सहयोगीहरूले पुष्टि गरेका छन् । उनका निजी चिकित्सक डा. ली चिह–सुईको आत्मकथामा उल्लेख अनुसार माओले दाँत सफा गर्नको सट्टा ‘चिया’ ले कुल्ला गर्थे ।

यसो गर्नुको कारणमा माओ भन्थे, ‘बाघले दाँत माज्दैन, तर उसको दाँत बलियो हुन्छ ।’ उनले आफ्नो आदर्शलाई प्राकृतिक जीवनशैलीसँग जोडेर दाँत माज्न आवश्यक नठानेको देखिन्छ ।

माओको विचारमा पश्चिमी शैलीका जीवनशैली (जस्तै ब्रस गर्ने, डेन्टल हाइजिन) ‘बुर्जुवा’ प्रवृत्ति थिए । उनले प्रायः आफ्ना अनुयायीहरूलाई पनि परम्परागत, सरल र ‘आदर्श क्रान्तिकारी’ जीवनशैली अपनाउन आग्रह गर्थे । त्यसैले उनी व्यक्तिगत रूपमा पनि त्यस्ता अभ्यासहरूबाट टाढा रहन चाहन्थे ।

उनको दाँत अत्यन्तै बाक्लो कालो पत्रले ढाकिएको र गन्हाउने थिए भन्ने विवरणहरू लेखिएका छन् । चिकित्सकहरू र सहयोगीहरूले दाँत माज्न आग्रह गर्दा माओ रिसाउँथे र उनीहरूलाई आफ्नो विचारविरुद्ध बोल्न नदिने गर्थे ।

मृत्यु भएपछि पनि उनको शवनजिक जाँदा दाँत निक्कै गन्हाउने गरेको बताइन्छ । माओको दाँत हरिया भैसकेका थिए ।

यो व्यवहारले माओको क्रान्तिकारी सोच र व्यक्तिगत अडानबीचको फरक दृष्टिकोण उजागर गर्छ । एकातर्फ उनी लाखौं जनतालाई अनुशासन र त्यागको सन्देश दिन्थे, अर्कोतर्फ निजी जीवनमा केही अडानहरूमा जिद्दी र अनौठा बानी अंगाल्थे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS