कार बिक्रिमा छैठौँ बर्ष पनि टोयोटाको बर्चस्व
कार उत्पादनमा लगभग विश्वमा पहिलो नम्बरमा रहेको जापानको टोयोटा कम्पनीले उत्पादन संख्या बृद्धी गर्ने भएको छ । टोयोटा मोटर कर्पोरेशनले सन् २०२५ का लागि आफ्नो विश्वव्यापी उत्पादन योजनालाई करिब १ करोड सवारीसाधन (१० मिलियन) पु¥याउने गरी वृद्धि गरेको छ ।
यस मामिलासँग नजिक रहेका स्रोतहरूको हवाला दिँदै जापानको क्योदो न्युजले समाचारमा लेखेको छ–‘जुन स्तर कम्पनीले दुई वर्षपछि पहिलोपटक हासिल गर्नेछ भन्ने विश्वास लिइएको छ ।’

सुरुमा, उच्च अमेरिकी भन्सार शुल्कको अनिश्चितताका कारण टोयोटाले वार्षिक विश्वव्यापी उत्पादन लक्ष्य ९९ लाख (९.९ मिलियन) युनिटमा सीमित राखेको थियो, तर त्यसपछि कम्पनीका गाडीहरूको बिक्री उल्लेखनीय रूपमा राम्रो देखियो ।
टोयोटाको विश्वव्यापी उत्पादन पहिलो पटक सन् २०२३ मा १ करोड युनिट नाघेको थियो, जुन वर्षमा उसले १ करोड ३ हजार (१०.०३ मिलियन) गाडी उत्पादन गरेको थियो । जुनबेला विश्वव्यापी चिप अभावको प्रभाव कम हुन थालेको थियो ।
गत बुधबार, टोयोटा कम्पनीले आफ्ना समूह कम्पनीहरू मिलाएर यो वर्षको पहिलो ६ महिनामा विश्वभर ५५ लाख ४० हजार (५.५४ मिलियन) गाडी बिक्री गरेको र लगातार छैठौं वर्ष विश्वव्यापी बिक्रीमा अग्रस्थान कायम राखेको जनाएको छ ।
©KYODO








फेसबुकबाट कमेन्ट गर्नुहोस्