नेपाली युवा अमिर मिस्टर ओरिएन्टल ओकिनावा
नोपलको मकवानपुर हेटौडा – मनहरी घर भई हाल जापानको ओकिनावा बस्दै आएका अमिर क्षेत्री जापानको ओकिनावा शहरमा सम्पन्न मिस्टर एण्ड मिस ओरिएन्टल ओकिनवा जापान २०२५ (Mr. and Miss Oriental Okinawa Japan 2025)को विजेता घोषित भएका छन्।
अमिर यस प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली हुन। उनले सम्पूर्ण जापानी प्रतिस्पर्धीहरूलाई पछि पार्दै आफ्नो बुद्धिमत्ता, आत्मविश्वास र अद्वितीय प्रतिभाको बलमा विजय हुन सफल भएको सञ्चारमाध्यमसंगको कुराकानिमा बताएका छन् ।
यो प्रतियोगिता जुन महिनादेखि सुरु भएको थियो र साधारण सौन्दर्य प्रतियोगिताभन्दा फरक उद्देश्यका साथ आयोजना गरिएको थियो। Mr., Miss, र Kids गरी तीन विधा भए पनि सबै प्रतिस्पर्धी एउटै मञ्चमा उभिएर आफ्नो प्रस्तुति दिनुपर्ने थियो।
प्रतियोगिताको मूल उद्देश्य केवल लिङ्ग वा उमेरअनुसार वर्गीकरण गर्नु होइन, बरु “कसको सोच फरक र सकारात्मक छ?” र “कसले समाजमा देखिएका समस्याहरूको समाधान दिन सक्छ?” भन्ने गहिरो मूल्यांकनमा आधारित थियो।

कुल Mr. २५, Miss २५, र Kids ३० जनामध्ये—हरेक हप्ताको ओरियन्टेसनपछि छनोट हुँदै अन्तिम चरणमा Mr. ५, Miss ६, र Kids १५ मात्र पुग्न सकेका थिए।
यसै क्रममा, अमिर क्षेत्रीको प्रस्तुति यति प्रभावशाली रह्यो कि उनले २५ जना Mr., २५ जना Miss र ३० जना Kids सबैलाई पछि पार्दै एक मात्रै विजयीको अग्रस्थानमा रहँदै “One and Only Winner” बन्न सफल भए।
यो व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपाली समुदायको लागि गौरवको विषय हो। अझ विशेष कुरा के भने आगामी अगस्ट २७, २०२५ मा हुन लागेको World Oriental 2025 मा अमिरले जापान र नेपाल दुवैको प्रतिनिधित्व गर्ने अवसर पाउने भएका छन्। यसरी दुई देशको प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति बन्नु आफैंमा ऐतिहासिक उपलब्धि हो।








फेसबुकबाट कमेन्ट गर्नुहोस्