सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कुवेतमा यातना खेपिरहेकी सुकुमायाँको उद्दार

दलालको प्रलोभनमा परी गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी एक महिलाको उद्धार भएको छ। वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मोक्तानको पहलमा नुवाकोटकी सुकुमाया तमाङको सकुशल उद्धार गरिएको हो।

कुवेतमा अत्रपत्र परेकी सुकुमाया श्रम शोषण, शारिरीक तथा मानसिक यातनाबाट तनावग्रस्त थिईन। उनी विगत ७ महिना देखि चरम यातना खेपिरहेको अवस्थामा बुधबार उद्धार गरी नेपाल फर्काउन सफल भएको वैदेशिक रोजगार उद्वार श्रमिक संघ नेपालले जनाएको छ।

कुवेतमा रहँदा उनले राम्रोसँग खान बस्न समेत पाएकी थिईनन् ,न उनलाई सहयोग गर्ने र उद्धार गर्ने परिस्थिति थियो यस्तो नरकीय जीवन विताउन र मर्न सम्म बाध्य भएकी चेलीको संघका अध्यक्ष मोक्तानको कुटनैतिक तथा त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई परिवारको जिम्मा लगाइएको जनाएको छ।

त्रिभुवन विमानस्थल छोटो प्रतिक्रिया दिंदै सुकुमायाले नेपाल फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उद्धारमा सहयोग गर्ने सबैलाई धन्यावद दिईन्। नेपाल सरकारले गर्न नसकेको यो काम संस्था गरिरहेको र अहिले यस संस्था पिडित श्रमिकहरूकालागि मन्दिर नै बनिरहेको छ। संस्था हरेक दिनजसो कुवेत लगायत अन्य खाडी मुलुकमा दलालको प्रलोभनमा परी अलपत्र परेका नेपालीहरुलाई सहयोग तथा उद्धारमा सहजीकरण गरिरहेको जनाएको छ।

कुवेतमा ६० हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । त्यहाँस्थित नेपाली दूतावासले घरेलु महिला कामदारको आधिकारिक तथ्यांक नरहेको जनाएको छ । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारले घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

नेपालले २०७३ सालमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटो हुँदै कुवेत जाने क्रम रोकिएको छैन। अझ अहिले दलालहरु मालामाल बनिरहेका छन्। सरकारले भिजिट भिसामा जाने माथि कडाई गरेपछि नक्कली कागजात बनाएर मानव तस्करहरुले विभिन्न सिमा नाका हुँदै भारत पुर्याएर खाडी मुलुक पठाउने गरेका छन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS