एजुकेसन कन्सलटेन्सीका नाममा मानव तस्करी
अधिकांश शैक्षिक परामर्श दाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् । सन २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् ।
मन्त्रालय स्रोतले दर्जनौँ पराशर्म दाता दर्ताबिना नै संचालन भएको जनाएको छ । तिनीहरु ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएको बताइएको छ । ती कम्पनीहरुले सरकारलाई करसमेत बुझाएका छैनन् ।
एजुकेसन कन्सलटेन्सीहरुले स्टुडेन्ट भिसाका नाममा बिभिन्न देशमा मानव तस्करी गर्ने गरेको तथ्य धेरै पहिले देखि नै चर्चामा आएको बिषय हो । बिभिन्न प्रलोभन र झुटा विवरण सुनाएर बिद्यार्थीलाई आकर्षित गर्ने र अध्ययनका लागी भनेर सम्बन्धित देशमा पुगेपछी बिद्यार्थीहरुले अनेक समस्या बेहोर्ने गरेको पाईएको छ ।
एजुकेसन कन्सलटेन्सीज एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करब दुई हजार पाँच सय शैक्षिक परामर्शदाता कम्पनी छन् । तीमध्ये तीन सय असी एसोसियसनसँग आवद्ध छन् भने सय फ्री एजुकेसन कन्सलटेन्सीज अर्गनाइजेसन अफ नेपालमा आवद्ध छन् । २७ वटा इन्टरनेसनल एजुकेसन रेप्रिजेटिभ अफ नेपालमा आवद्ध छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्