जापानको तोचिगीमा धुमधामसंग मनाईयो तीज
तीज नजिकिँदै गर्दा जापानमा बिभिन्न संघ संस्थाले तीज सम्बन्धि कार्यक्रम गर्ने लहर पनि सुरु भएको छ । जापानमा रहेका बिभिन्न प्रवासी सामाजिक संघ संस्थाले सप्ताहन्तको सदुपयोग गर्दै मनोरञ्जनात्मक तथा भेटघाट कार्यक्रम गर्ने गरेका छन् ।
तीजकै अवसर पारेर गैर आवासीय नेपाली संघ जापानको तोचिगी क्षेत्रिय समितिले अगष्ट १७ तारिख आईतबारका दिन तोचिगीको ओयामासीमा तीज बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
एनआरएनए क्षेत्रिय समिति तोचिगीले तोचिगीसी, युकीसी र ओयामासी आसपास बस्ने महिलाहरुलाई लक्षित गर्दै तीज बिशेष बिबिध सांस्कृतिक कार्यक्रमसहित भेटघाट तथा दर खुवाउने कार्यक्रम गरेको हो ।

तीज बिशेष कार्यक्रममा मनोरञ्जनका लागी जापानमा बस्दै आएका लोक तथा दोहोरी गायक सुर्य खड्का, गायिका सोना के.सी. र गायिका रचना राना मगरले आफ्नो सांगितिक प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
तीज बिशेष कार्यक्रममा करिब २०० को हाराहारीमा महिला दिदिबहिनिहरुको उपस्थिती रहेको एनआरएनए तोचिगी क्षेत्रिय समितिका सह–कोषाध्यक्ष सन्तोष तिमिल्सीनाले बताएका छन् ।
तीज बिशेष कार्यक्रममा सहभागी हुने महिला दिदिबहिनिलाई शुल्क नलाग्ने ब्यबस्था गरिएको पनि सह–कोषाध्यक्ष तिमिल्सिनाले बताएका छन् । सह–कोषाध्यक्ष तिमिल्सिनाका अनुसार कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च एनआरएनए तोचिगी क्षेत्रिय समितिले ब्यहोरेको हो ।

कार्यक्रम ओयामासीस्थित ओयामा बुंका सेन्टरको हलमा आयोजना गरिएको थियो । साँझ करिब ४ बजेबाट सुरु भएको कार्यक्रम साँझ ८ बजेसम्म भएको थियो ।
तीज बिशेष कार्यक्रमको लागी तोचिगीसीको संयोजन एनआरएनए तोचिगी क्षेत्रिय समितिका सदस्य राम गुरुङ्ग (विराज)ले गरेका थिए भने ओयामासीको संयोजन अर्का सदस्य चन्द्रप्रसाद चुदालीले गरेका थिए ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्