सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

निरुता सिंह चलचित्र ‘३६ को आँकडा’मा

नयाँ बन्ने ‘३६ को आँकडा’मा अभिनय गर्न अभिनेत्री निरुता सिंह मुम्बईबाट नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतको अभिनय रहनेछ ।

निरुता अब नेपाली फिल्मलाई नै निरन्तरता दिन चाहन्छिन् । यसबीच कोभिडले गर्दा फिल्महरु गर्न पाइनन् । निरुताले काठमाण्डौ आईपुग्ने बित्तिकै भनेकी छिन्–‘अब म कही पनि जाँदिन । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो, त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ ।’

निर्देशक सविर फिल्ममा विशेष कलाकारको आवश्यकता भएकैले निरुतालाई फिल्ममा अनुबन्धित गरेको बताउँछन् । अभिनेत्री सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ फिल्म गरेकी छैनन् । चलचित्र ‘३६ को आँकडा’को भदौ २ गतेबाट छायांकन सुरु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS