सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

युद्धबिराम र बन्धक रिहाई गर्न हमास सहमत

प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाईका लागि मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा सहमति जनाएको छ ।

प्यालेस्टिनी समूहको एक सूत्रले उक्त सहमतिको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिस्र र कतारद्वारा राखिएको यो प्रस्ताव गत जुनमा अमेरिकी दूत स्टिभ विटककले दिएको प्रस्तावको रुपरेखामा आधारित भएको बताइएको छ ।

यस योजना अनुसार पहिलो ६० दिनको युद्धविराम लागू हुनेछ । यसपछि हमाससँग रहेका ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गरिनेछ । यीमध्ये २० जना जिवित रहेको बताइएको छ ।

त्यसपछि थप युद्धविरामको कुराकानी अगाडि बढाइनेछ । यद्यपि यस विषयमा इजरायलका तर्फबाट कुनै आधिकारिक धारणा आइसकेको छैन ।

गत साता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकलाई रिहा गरेपछि मात्र आफूहरु कुनै सम्झौताका लागि तयार हुने बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS