जापानको आकासमा रहश्यमय उज्यालो गोला
जापानको पश्चिमी क्षेत्रमा मंगलबार राति आकाशमा देखिएको रहस्यमय वस्तुले केही समयको लागि आकाश उज्यालो बनाएको सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।
क्योडो न्यूजको कागोशिमा प्रान्तको सकुराजिमा ज्वालामुखीको प्रत्यक्ष प्रसारणले राति ११:०८ बजे उक्त दृश्य कैद गरेको हो। जापान मौसम एजेन्सीको कागोशिमा मौसम कार्यालयका एक अधिकारीले भने, “यो सम्भवतः आगोको गोला (fireball) वा उल्कापिण्ड (meteorite) हो।”

झण्डै चार सेकेन्डसम्म देखिएको उक्त क्षणमा, एउटा सानो उज्यालो गोला रातको आकाशबाट खस्दै गर्दा केही समयको लागि आकाश उज्यालो भएर दिनझैं देखिएको थियो। उक्त दृश्य किन्की, क्युशु र शिकोकु क्षेत्रका विभिन्न प्रान्तहरूबाट देखिएको थियो।
“यति तीव्र उज्यालो दिने वस्तु देख्नु वर्षमा एकचोटि मात्रै पाइने अवसर हुन सक्छ,” टोकुशिमा प्रान्तको आनान विज्ञान केन्द्रका क्युरेटर काजुओशी इमामुराले भने, जसले उक्त दृश्य आफ्नै घरबाट खिचेका थिए।
स्थानीय पालिका तथा प्रहरीले भने घटनासँग सम्बन्धित कुनै घाइतेको रिपोर्ट प्राप्त नभएको जनाएका छन्।
सामाग्री स्रोतः KYODO, JAPANTODAY








फेसबुकबाट कमेन्ट गर्नुहोस्