सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

६ बर्षिया नाबालिकाको बलत्कारपछी हत्या

कपिलवस्तुको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ । सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा मंगलबार बिहान स्थानीय जवई खोलामा शव फेला परेको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताएका छन ।

मृतक नाबालिका स्थानीय विद्यालयमा एल केजीमा अध्ययनरत थिईन । उक्त घटना पछि चन्द्रौटा क्षेत्रमा रहेका सवै विद्यालय बन्द गरी शिक्षक विद्यार्थी तथा स्थानियले घटनामा संलग्न रहेका उपर कडा कारवाहीको माग गरेका छन् ।

मृतक नाबालिकाका अभिभावकहरु सामान्य किराना पसले हुन् । आफ्नी छोरी उपर भएको जघन्य पशुवत व्यवहार पछिको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीका लागि उनका अभिभावकले सम्बन्धित निकायसंग माग गरेका छन ।

जिल्लाका विभिन्न संघ संस्था एवं मानवअधिकारवादीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी नाबालिकामाथि भएको जघन्य हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेका छन् । उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन् ।

यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन् । यस अघि गत बुधवार पकडीको मर्थी नदीको तटमा ६ जना युवाहरुले युवतीमाथी सामुहिक बलात्कार गरेका थिए ।

सामुहिक बलात्कारमा संलग्न रहेका उपर कडा कारवाहीको माग गर्दै जिल्लाका विद्यार्थी संघ संगठनहरुले विरोध प्रदर्शन गर्दै दैनिक जसो धर्ना तथा प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्