सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ललितपुरबाट १ करोडसहित स्याङ्तान पक्राउ

ललिपुरबाट करिब १ करोड नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मेसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ ।

Black Money in Nepal

पक्राउ पर्नेमा गौरव स्याङ्तान नाम गरेका व्यक्ति छन् । उनको अन्य परिचय खुलिसकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनी अनलाइन जुवामा संलग्न भएको आशंका गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS