सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

खैरो हेरोईनसहित गोंगबुको होटलमा ३ जना पक्राउ

गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम खैरो हेराइनसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका–६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका–३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्ने क्रममा खैरो हेराइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS